प्रधानमन्त्री पत्नी आरजुले गंगासागर घाटमा गरिन् छठ पूजा

जनकपुरधाम, १३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले जनकपुरधाममा छठ पूजा गरेकी छन् ।
छठ पर्वको मुख्यदिन देउवाले आइतबार दिउँसो जनकपुरधामको प्रसिद्ध गंगासागर घाटमा छठ पूजा गरेकी हुन् ।
राणा छठ पर्वमा दर्शन तथा पूजापाठ गर्न आइतबार बिहान जनकपुरधाम आएकी छन् ।
त्यस्तै, सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा नेतृ राणा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका काँग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराईन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिए ।
सोमबार नै उनी नगराईन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटही पुगेर नाका अवलोकन गर्ने क्षेत्रीय सभापति निधिले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


