रौतहटको कटहरियामा लुटपाट, घटनास्थलबाट घरेलु हतियार बरामद

रौतहट, १० कार्तिक । रौतहटको कटहरिया बजारमा बुधबार राति लुटपाटको घटना भएको छ ।
पाँचजना अज्ञात हतियारधारी समूहले राति करिव १ बजे कटहरिया–५ का रामचन्द्र साह सोनारको घरमा लुटपाट गरेको हो ।
लुटेरा समूह घरको पछाडि वालमा फलामको सिढी लगाएर भित्र प्रवेश गरेका थिए । लुटेराहरुले गरगहना, नगद र केही कपाली तमसुक समेत लुटेको पीडित रामचन्द्रले बताए ।
घटनालगत्तै बिहान साढे २ बजे ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडीबाट आएको प्रहरी टोलीले लोड अवस्थामा एउटा घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक बरुण कुमार सिंहले घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कटहरियाबाट दुईसय मिटर टाढामात्र घटनास्थल रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


