यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौं, ९ कार्तिक । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिन आज गोवर्द्धन पूजा गरिँदैछ । साथै आजै बलि, गोरु त्था कृषकको पनि पूजा गरिँदैछ ।
द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झना गर्दै आज गोवर्द्धन पूजा गर्ने गरिएको विश्वास छ ।
आज आँगनमा लिपपोत गरेर गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवर्द्धन पूजा गर्ने चलन रहेको छ । आजकै दिन बलि राजाको सम्झनास्वरुप पनि पूजा गर्ने गरिन्छ ।
आजकै दिन गोरुको पनि पूजा गर्ने गरिन्छ । गोरुले वर्षभरि जोतेर खाद्यान्न दिने भएकाले उसको पूजा गर्ने गरिएको र भगवान महादेवको साँढेका रुपमा पनि गोरुको पूजा गर्ने परम्परा रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


