२७ वर्षपछि सूर्य ग्रहणमा देखिएको संयोग

काठमाडौं, ८ कार्तिक । हिन्दूहरुको महान चाड लक्ष्मीपूजा सोमबार सबैको घरमा मनाइयो । मंगलबार सूर्य ग्रहढा हुने भएकाले सोमबार लक्ष्मीपूजा घरघरमा मनाइएको हो ।
आजभन्दा ठिक २७ वर्षअघि पनि यस्तै भएको थियो । त्यति बेला पनि लक्ष्मीपूजाको भोलिपल्ट सूर्यग्रहण लागेको थियो ।
सन् १९९५ को त्यो वर्षमा पनि तुला राशीमा नै सूर्यग्रहण लागेको थियो । आज पनि तुला राशीमा नै सूर्यग्रहण लागेको छ । सन् १९९५ मा सूर्य ग्रहण लाग्दा तुला राशीमा एक साथ चार ग्रह रहेका थिए । आज पनि सूर्यग्रहण हुने समयमा राहु, सूर्य, शुक्र र चन्द्रमा तुला राशीमा रहनेछन् ।
त्यस्तै, २७ वर्षअघि शनि आफ्नो राशी कुम्भमा थिए भने यसपटक पनि शनि आफ्नै राशी मकरमा रहेका छन् । त्यस्तै, १९९५ मा बुध कन्या राशीमा थिए भने यसपटक पनि बुध कन्या राशीमा नै रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


