बाराबाट ९ लाख नेपाली नक्कली नोटसहित ३ जना पक्राउ

बारा, २४ असोज । बारा प्रहरीले जिल्लाको सिमावर्ती क्षेत्र सिम्रौनगढ नगरपालिका–५, कनकपुरबाट ९ लाख नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल–भारत सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा चेकजाँच गर्दा मोतिहारी पूर्व चम्पारण ग्राम पोष्ट पिप्राकोठी बस्ने २५ वर्षिय रञ्जितकुमार मुखियाले कम्मरको पेटीमा १ लाख र उनी चढेको भारतीय नम्बरको मोटरसाइकलमा ८ लाख रुपैयाँ लुकाई राखेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो ।
पक्राउ परेका रञ्जितकुमारसँगको बयानका आधारमा सिम्रौनगढ नगरपालिका–२ बस्ने बिनाका मुखिया बिन र कलैया उपमहानगर–१५ बस्ने सैनुल्लाह अन्सारीलाई पनि पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बिनाका बिन मुखिया र अन्सारी भने १ वर्ष अघि नक्कली नोट कारोबारमा छुटेको बारा प्रहरीले जनाएको छ ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चुनावको मौका छोपेर सक्कली र नक्कली नोट पत्ता लगाउन नसक्ने ग्रामिण समुदायमा प्रयोग गर्ने उद्देश्यले नक्कली नोट बजार ल्याइएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


