बालेन साहका काका सत्यनारायण साहले दिए धनुषा ३ बाट स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम, २४ असोज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)का काका इन्जिनियर सत्यनारायण साहले धनुषा ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका बालेनका काका इन्जिनियर साहले प्रतिनिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
महोत्तरी एकडाराका स्थायी बासिन्दा रहेका उनको कर्मभूमी जनकपुरधाम भएकाले धनुषा ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएका छन् ।
मेकानिकल इन्जिनियरबाट रिटायर्ड साहले पछिल्लो समय आफ्नो लेख रचनाका मार्फत तराई मधेसका राजनीतिक, आर्थिक, साँस्कृतिक समस्यालाई उजागर गर्दै आएका थिए ।
यस क्षेत्रबाट नेकपा एमालेकी नेतृ जुली कुमारी महतो, लोसपाका नेता अनिल कुमार झालगायत ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


