जनकपुरधाम, २३ असोज । जनकपुरधाममा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव सुरु भएको छ । सिया इभेन्टले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव आजदेखि सुरु भएको हो ।

जनकपुरधामको उद्योग वाणिज्य संघमा अगामी असोज २९ गतेसम्म चल्ने महोत्सवमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका व्यापारीहरु सहभागी रहेको सिया इभेन्टका प्रबन्ध निर्देशक राकेश महतोले बताए ।

महोत्सवको एक कार्यक्रमकाबिच आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघ धनुषाका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गरेका छन् ।

प्रबन्ध निर्देशक महतोले यस महोत्सवमा विभिन्न किसिमका लत्ताकपडा, घरायसी सामान, विभिन्न सामग्रीको प्रदर्शन तथा बिक्रि वितरण हुने उनले जानकारी दिए ।

महोत्सवमा ५० वटा स्टलहरु रहेका छन् ।