माओवादीले मधेसमा ४ उम्मेदवारको नामको टुंगो लगायो

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने चार जना उम्मेदवारको नामको टुंगो लगाएको छ ।
दुई उम्मेदवारको टुंगो लाग्न अझै बाँकी रहेको छ ।
गठबन्धनमा भएको भागवण्डामा माओवादीले मधेस प्रदेशका ३२ मध्ये ६ सिट पाएको छ ।
त्यसमध्ये धनुषा १ मा मात्रिका यादव, सिरहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने तय भएको छ ।
सर्लाही ३ र रौतहट ३ का लागि उम्देवार तय अहिले नभएको सचिव गणेश साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


