जनकपुरधामको एक घरमा लाखौंको लुटपाट

जनकपुरधाम, २० असोज । जनकपुरधामको एक घरमा बुधबार राति लाखौंको लुटपाट भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धी बस्ने रामबाबु मिश्राको घरमा लुटपाट भएको हो ।
मध्यरातमा केही अपरिचित व्यक्ति पसेर सुनचाँदीको गरगहना, नगद ८० हजार र मोवाइलसमेत गरी १७ लाख बराबरको लुटपाट गरेको घरधनीलाई उद्धृत गर्दै धनुषाका डीएसपी दिपक रायले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी रायले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


