भैरहवाबाट काठमाडौंका लागि उडेको विमान जनकपुरधाममा अवतरण

जनकपुरधाम, २० असोज । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ ।
खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुरधाम विमानस्थलमा अवतरण गराइएको थियो ।
बिहान सवा ६ बजे उड्नुपर्ने विमान ७ ः३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरधाममा अवतरण गरेको थियो । त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौं अवतरण गरेको छ ।
झण्डै एक घण्टा बढी जनकपुरधाम विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले जानकारी दिए । बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरधाममा ल्याण्ड गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


