जनकपुरधाममा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु, दुईजना घाइते

जनकपुरधाम, १९ असोज । जनकपुरधाममा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
बुधबार बिहान करिव ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन् ।
आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमति निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश, रामेश्वरलाई करेन्ट लागेको थियो ।
उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।
घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन् ।
मृतक रामेश्वर चौधरी नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


