रौतहट, १९ असोज । रौतहटमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर–३ स्थित गैडाटार गाउँमा जिपको ठक्करबाट मंगलबार राति स्थानिय ३३ वर्षीय ईमान सिंह थिङको मृत्यु भएको हो ।

चन्द्रपुर– ३ पूर्वीटोलस्थित भित्रि सडक खण्डमा गैंडाटारबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्रदेश–२–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले ठक्कर दिंदा पैदल यात्री थिङको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले बताए ।

घटना लगत्तै जिप र चालकलाई नियन्त्रणमा लिएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए । घटनापछि मृतकका आफन्तले केहीबेर ईलाका प्रहरी कार्यालय अगाडी हो–हल्लासमेत गरेका थिए ।