कांग्रेस नेता यादवले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिन आयोगमा दिए निवेदन

जनकपुरधाम, १७ असोज । पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादवले समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
बरियता क्रम नमिलाई आफ्नो नाम बन्दसूचिमा राखेको भन्दै उनले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार समानुपातिक तर्फ नामांकन गरेको थिएँ । तर पार्टीले कायम गरेको विधि विपरीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकाले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु ।’
डा. शेखर कोइराला पक्षाका मानिने नेता यादवको नाम धनुषा क्षेत्र नं. ४ बाट मधेशीतर्फ सिफारिस भएको थियो । उनले आफ्नो उम्मेदवारीलाई मधेसी समूहमा क्रम संख्या २ को सट्टा ३ नम्बरमा राखिएको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


