हेटौंडा, १७ असोज । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइ मन्दिर नजिक काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व–पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आफैं नालीमा खसेको छ ।

दुर्घटनामा बसमा सवार झापाको दमक–५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी–८ का अन्दाजी ५१ वर्षीय कल्पना राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।