परीक्षामा सामिल परीक्षार्थी भन्दा १२ बढी उतिर्ण, प्रदेश लोक सेवा प्रश्नको घेरामा

– धर्मेन्द्र कुमार यादव
महोत्तरी, १६ असोज । प्रदेश लोक सेवा आयोग मधेश प्रदेशद्वारा प्रशासन सेवाअन्तर्गत लिइएको परीक्षामा परीक्षार्थी भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् ।
अधिकृतको सातौँ तहको परीक्षामा सामेल विद्यार्थी भन्दा १२ जना बढी विद्यार्थीको परिणाम घोषणा गरिएको हो ।
जनकपुरकै अलग अलग १३ वटा परीक्षा केन्द्रको परीक्षामा २ हजार ५६७ विद्यार्थी सामिल हुन भनिएको थियो तर परीक्षाको परिणाम घोषणा हुँदा २ हजार ५७९ विद्यार्थीको परिणाम आएको पाइएको छ ।
प्रदेश लोक सेवाद्वारा लिइएको परीक्षामा १२ जना नयाँ विद्यार्थिको परिणाम समावेश गरेकोप्रति ठूलो आशंका उत्पन्न भएको छ।
बि न ९९-१०७-२०७७/०७८ को प्रथम पत्रको मिति २०७९-५-१८ गते लिइएको परीक्षामा सामिल विद्यार्थी भन्दा १२ विद्यार्थी कहाँबाट कसरी आयो भन्ने चासोको बिषय बनेको छ।
मधेस प्रदेशको सातौं तहको परीक्षामा जम्मा उम्मेदवार २ हजार ५६७ भनेको छ र परीक्षा भवन पनि २ हजार ५६७ मात्र कायम गरिएको छ । तर, २५६८, २५६९, २५७०,२५७१,२५७२,२५७३,२५७४, २५७५, २५७६,२५७७, २५७८, २५७९ सम्म रोल नम्वर नतिजामा उल्लेख छ । २५६८ देखि २५७९ सम्मको रोल नम्वर कहाँबाट आयो भन्ने चासोको बिषय बनेको छ ।
चुनावको मुखमा आएर यस्तो खुलेआम परीक्षार्थी सामिल नहुँदा पनि सुनियोजित तरिकाबाट विद्यार्थिलाई सामिल गरि उतिर्ण गराउनु ठूलो आर्थिक चलखेल समेत भएको अनुमान लगाउन सकिन्छ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


