धनुषाको ढल्केवरस्थित एक पेट्रोल पम्पमा आगलागी

जनकपुरधाम, १६ असोज । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक पेट्रोल पम्पमा आगलागी भएको छ ।
मिथिला नगरपालिका–६ ढल्केवरस्थित धनुष ट्रेडर्समा आइतबार साँझ आगलागी भएको हो ।
ढल्केवरस्थित दक्षिण चोकमा सुरेश सर्राफले सञ्चालन गरेको पेट्रोल पम्पमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
उनले आगलागीको कारणबारे अहिले केही खुल्न नसकेको बताए ।
सुरक्षा निकायले समयमै आगो नियन्त्रनमा लिई ठुलो धनजनको क्षति हुनबाट जोगाएको स्थानीयले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


