बारा, १६ असोज । बाराको पचरौतामा नेकपा एमालेका नेता कार्यकर्ताले भर्खरमात्र एमाले प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन आएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो ।

खनाललाई नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए । कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन बारा आएका खनाल जामका कारण शनिबार साँझ पचरौता पुगेका थिए ।