जनकपुरधाम, १५ असोज । ब्रम्हर्षी समाजले रजत जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार जनकपुरधाममा आयोजना भएको उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी जनकपुरधाम र रक्तसञ्चार केन्द्रले संयुक्त रूपमा सहयोग गरेको थियो ।

रक्तदान कार्यक्रमबाट ४२ युनिट रगत संकलन भएको ब्रम्हर्षी समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द राय (चन्दन)ले जानकारी दिए ।

ब्रम्हर्षी समाज केन्द्रीय कार्यालय जनकपुरधामले २५ वर्ष व्यतित गरिसकेको अवसरमा दुई दिने रजत जयन्ती समारोहको आयोजना गरेको उनले बताए ।

उपाध्यक्ष रायले पहिलो दिन आज रक्तदान कार्यक्रमको आयोजना गरिएको र दोस्रो दिन आइतबार मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरिने जानकारी दिएका छन् ।