जनकपुरधामका नगरप्रमुखलाई संयूक्त ज्ञापनपत्र हस्तान्तरण

जनकपुरधाम, १५ असोज । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहलाई मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण–संवर्द्धनसम्बन्धी ज्ञापनपत्र बुझाइएको छ ।
१५ सूत्रीय ज्ञापनपत्रमा आधारभूत तहमा मातृभाषा/स्थानीय विषयको पठनपाठन, मैथिली अध्ययन गराउने पालिका शिक्षकको नियुक्ति, मातृभाषामा प्राथमिक (आधारभूत) शिक्षा, पालिकाभित्र मैथिली भाषा–कामकाजी भाषा, तिरहुत लिपिको संरक्षण–प्रशिक्षण, एक करोड राशिको (भाषा, साहित्य, कलासम्बन्धी) राजर्षि जनक अक्षयकोष स्थापनाको माग गरिएको हो ।
नगरभित्रका गली तथा चोकहरुको नामकरण (सलहेस चोकसमेत), गत वर्ष निर्मित शहीद द्वारको परिमार्जन, मिथिला आन्दोलनका शहीदहरुको स्मारक निर्माण, पसलहरुको विज्ञापन बोर्डमा मैथिली भाषाको प्रयोगसहितका मागहरु प्नि ज्ञापनपत्रमा समेटिएका छन् ।
सो ज्ञापनपत्र मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झा, रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साह, रङ्गवाटिका नेपालका अध्यक्ष उपेन्द्र भगत नागवंशी र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीसहितकाले संयुक्तरुपमा बुझाएका छन् ।
प्रेम विदेह ललनको संयोजकत्वमा ज्ञापनपत्र हस्तान्तरण गर्न पुगेको प्रतिनिधिमण्डलमा मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झा, महासचिव शैलेन्द्र मल्लिक, रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहसहित भाषा, साहित्य, कला, संस्कृतिअनुरागीहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


