इजाजत प्राप्त हातहतियार प्रशासनको जिम्मा लगाउन अनुरोध

जनकपुरधाम, १४ असोज । जिल्ला प्रशासन कार्यालय धनुषाले इजाजत प्राप्त हातहतियार प्रशासनको जिम्मा लगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय धनुषाले अनुरोध गरेको हो ।
शुक्रवार एक सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी हातहतियार बुझाउन अनुरोध गरेको छ ।
चुनावलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
निर्धारित समयभित्र हातहतियार नबुझाए कानून बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


