सप्तरी, १४ असोज । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ ललापट्टीमा शुक्रवार दिउँसो करेन्ट लागेर ५० वर्षीय नारायण यादवको मृत्यु भएको हो ।

घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मृतक यादवको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।