जनकपुरधाम, १३ असोज । मधेस प्रदेश प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा १७ करोड ३९ लाख २ हजार ७४७ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

चालू आर्थिक वर्ष २०७९7८० को पहिलो दुई महिनामा प्रदेशको विभिन्न जिल्लाबाट १७ करोड भन्दा बढीको सामानसहित ५१ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

प्रहरीले ४ करोड २१ लाख बराबरको किराना सामान, ६ करोड ४७ लाख बराबरको सवारी साधन र पार्टपुर्जा नियन्त्रणमा लिएको छ भने कपडा, सुन चाँदी, विद्युतिय सामग्री लगायतका सामानसमेत बरामद गरिएको छ ।