जनकपुरधाम, १३ असोज । मधेस प्रदेशमा विपद्को घटनामा परेर ९७ जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा भएको विभिन्न ३१८ वटा विपद्का घटनामा ४० बालबालिकासहित ९७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले विपदको घटनामा परेर दुई महिनामा ४५ पुरुष, ४० बालबालिका र १२ जना महिलाको मृत्यु भएको जानकारी दिए ।

यस्तै सो विपद्को घटनामा परेर १६१ जना घाइते भएका छन् । घाइते हुनेमा ६६ जना पुरुष, ६४ जना महिला र ३१ जना बालबालिका रहेका छन् ।

विभिन्न विपद्को घटना व्यवस्थापनका लागि १ हजार ७०३ जना प्रहरी परिचालन गरिएको थियो ।