वीरगञ्जबाट लागुऔषध सहित ५ जना पक्राउ

पर्सा, १३ असोज । प्रहरीले वीरगञ्जबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा बस्ने २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतीय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री छन् ।
वीरगञ्ज–१४ स्थित गण्डक सडक खण्डबाट ना.१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनीहरुको साथमा लागुऔषध फेला परेको पर्साका एसपी रमेश बस्नेतले बताए ।
आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा, डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरेको छ ।
आरोपीहरुबिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


