धनुषामा आफ्नै काकाले रड प्रहार गर्दा ४ वर्षीय बालकको मृत्यु

जनकपुरधाम, १२ असोज । धनुषामा आफ्नै काकाले रड प्रहार गर्दा ४ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षीय रवि पासवानले रडले हिर्काउँदा उनकै ४ वर्षीय भतिजा अनुप पासवानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक पासवान गम्भीर घाइते भएका थिए ।
डीएसपी क्षेत्रीले स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको जानकारी दिए ।
बालकको हत्याको कारण खुल्न नसके पनि पारिवारिक विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


