नवरात्राको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरी मनाइँदै

जनकपुरधाम, १२ असोज । नवरात्राको तेस्रो दिन आज दसैंघर वा पूजाकोठामा नव दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाको दिनबाट घरघरमा जमरा र घटस्थापना गरी सुरु भएको दसैं १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) सम्म मनाइन्छ । नवरात्री भर घरमा दुर्गा देवीको पूजा, उपासना गरिन्छ ।
दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठपारायण गर्ने गरिन्छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक मान्यता छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


