लोसपाद्वारा जनकपुरधाममा चक्काजाम

जनकपुरधाम, ५ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले जनकपुरधाममा चक्काजाम गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले स्थानीय पिडारी चोकमा चक्काजाम गरेको हो ।
लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
लोसपाले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।
प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


