सप्तरीमा बेवारिशे अवस्थामा एक पुरुषको शव फेला

सप्तरी, २९ भदौ । सप्तरीमा बेवारिशे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर–१ भन्सार चोकदेखि रामपुर मल्हनिया जाने बाटो छेउमा दक्षिणतर्फ कुनौली जाने दशगाजामा बुधबार बिहान ०६ः३५ बजेको समयमा एक पुरुषको शव फेला परेको हो ।
तत्काल नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ४०/४५ वर्षीय पहाडी मुलको जस्तो देखिने पुरुष व्यक्तिको शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गर्दा प्रहरी अधिकृत समेतको टोली घट्नास्थलमा खटेर शवको जाँच मुचुल्का गरिएको र मृतकको हालसम्म सनाखत हुन नसकेको डीएसपी काफ्लेले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित जजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


