सप्तरी, ३० असार । सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

सप्तरीको रुपनी गाउँपालिका–६ विरेन्द्र बजारका ५५ वर्षीय दिप नारायण मेहताको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बुधबार राती ९ बजेको समयमा रुपनी–६ विरेन्द्र बजारस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नम्बरको मोटरसाइकलले मेहतालाई ठक्कर दिएको थियो ।

घाइते मेहतालाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।