बारामा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका युवक पक्राउ

बारा, २० बैशाख । बारामा एक बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
१२ वर्षीया बालिकाको अपहरण गरी जवर्जस्ती करणी गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर–७ बगही टोलका २० वर्षीय अफरोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
बाराको कलैया उपमहानगरपालिकाकी एक बालिकालाई अन्सारीले वैशाख १० गते साँझ साथीको घरमा जाने क्रममा अपहरण गरी एकान्त स्थानमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसपछि ती बालिकालाई अन्सारीले काठमाडौं लगेर आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए ।
घटना बारे प्रहरीमा उजुरी परेपछि बाराबाट खटेको प्रहरी टोलीले पीडित नाबालिकालाई काठमाडौंबाट उद्दार गरेको थियो । फरार अन्सारीलाई वैशाख १७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


