चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन, मधेसको जिम्मा मसाउद आलम खाँलाई

काठमाडौं, १० बैशाख । गृह मन्त्रालयले मधेससहित चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।
गृहमे ९ जना डीआईजीहरूको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरू परिवर्तन गरेको हो ।
सरुवा सूची अनुसार मधेस प्रदेशसहित लुम्बिनी, सुदूपश्चिम र बागमती प्रदेशका प्रहरी प्रमुखहरू फेरिएका छन् ।
गृह मन्त्रालयले मधेस प्रदेशको जिम्मा मसाउद आलम खाँलाई दिएको छ ।
त्यस्तै, बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ भने लुम्बिनीमा नलप्रसाद उपाध्याय र सुदूपश्चिममा मोहनकुमार आचार्यलाई पठाइएको छ ।
राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ भने मधेस प्रदेशका डीआईजी उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन् ।
सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


