सामाजिक सुरक्षा भत्ता नपाएपछि भङ्गहा नगरपालिकाका ज्येष्ठ नागरिकहरू धर्नामा

जनकपुरधाम, ८ बैशाख । सामाजिक सुरक्षा भत्ता नपाएपछि महोत्तरीको भङ्गहा नगरपालिकाका ज्येष्ठ नागरिकहरू धर्नामा बसेका छन् ।
विगत करिव एक वर्षदेखि वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकहरूले सीतापुर बजारमा नाराबाजी गर्दै धर्नामा बसेका हुन् ।
सामाजिक सुरक्षा भत्ता अपचलनको प्रमुख जिम्मेवार नगरप्रमुख संजीव कुमार साह रहेको भङ्गहा नगरपालिका-९ भिमगढ का सूर्यमान विश्वकर्माले आरोप लगाए ।
उनले नगरप्रमुख साहले आफूहरूको सामाजिक सुरक्षा भत्ता वितरण गर्न कुनै चासोसमेत नदेखाएको आरोप लगाए ।
तीन/चार किश्तादेखि आफूहरूले भत्ता पाउन नसकेको उनको दु:खेसो छ । यसमा नगरप्रमुख र बैंकका म्यानेजर दोषी रहेको विश्वकर्माले आरोप लगाए ।
भत्ता नपाएसम्म घर नफर्किने ज्येष्ठ नागरिकहरूको अडान छ ।
यसअघि बुधबार मात्रै नगरप्रमुख संजीव कुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए ।
उनले बैंकलाई पटक पटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगर्दा आफूले ताला लगाएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


