अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकको मृत्यु, सात घाइते

काठमाडौं, ८ बैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।
विस्फोटमा परी अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट हुँदा दुर्घटना भएको हो ।
प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने उद्धार गरेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


