जनकपुरधाममा कांग्रेसी कार्यकर्ताले गरे सभापति देउवाविरुद्ध नाराबाजी

जनकपुरधाम, ७ बैशाख । जनकपुरधाममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय मुरलीचोकमा कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको विरोधमा प्रदर्शन गरेका हुन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै जनकपुरधाममा काँग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन् ।

गठबन्धनले पार्टी कार्यकर्ताहरुको भावनासँग खेलवाड गरेको भन्दै उनीहरुले टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धनबिरुद्ध नारावाजी गरेका छन् ।
उनीहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैनलगायतका नारासमेत लगाएका थिए ।

कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्थामा रहेपनि यो पालिका अन्य दललाई दिनु निन्दनीय रहेको बताए ।
केन्द्रिय गठबन्धनले पार्टीका स्थानीय नेता कार्यकर्ताको भावनासँग खेलवाड गरेकोले आफूहरु बिरोधमा उत्रेको यादवले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


