जनकपुरधाम, २ बैशाख । जल प्रदुषण र जमिन प्रदुषण नियन्त्रणका लागि एक महत्वपूर्ण सन्देश शितलताका प्रतिक लोकपर्व जुडशितल जनकपुरधामको पवित्र सरोवर गंगासागरमा पनि मनाइएको छ।

सेभ हिस्टोरिकल जनकपुरधाम, महगंगा आरती गंगासागरको संयोजन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेस प्रदेशको नीति आयोगका उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झाले लोप हुने अवस्थामा पुगेको लोकपर्व जुडशितललाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै गंगासागर सफाइ अभियन्ता प्रदेश सांसद रामअशिष यादवले प्रकृति संरक्षणको सन्देश स्वरूप स्वच्छता अभियन्ताहरुले गत ८ वर्षदेखि निरन्तर जल प्रदुषण, जमिन प्रदुषण र वायु प्रदूषण नियन्त्रणको भागिरथ प्रयास गर्दै आएको बताए ।

सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष अधिवक्ता राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशी आयोगका अध्यक्ष विजय दत्त, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद, योग गुरु कृष्ण चन्द्र साह, बरिष्ठ कबिराज राम छबिला यादव सहितका वक्ताहरूले जुडशितलको महत्वको विषयमा आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा जनकपुरधामका युवाहरूकोसमेत सहभागिता रहेको थियो।