आज जुडशितल पर्व मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम, २ बैशाख । आज तराईका जिल्लाहरुमा जुडशितल पर्व मनाइँदैछ ।
नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाईँदैछ ।
वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ ।
यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ ।जुडशितल पर्वमा एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ ।
शुक्रबार तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ ।
जुडशितलको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


