जनकपुरबाट अटोमेटिक पेस्तोलसहित दुई युवक पक्राउ

जनकपुरधाम, २९ चैत । धनुषा प्रहरीले जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.९ घर भई हाल जनकपुरधाम-४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका वडा नं.१ घर भई हाल जनकपुरधाम-८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेका छन् ।
ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गईरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादापोशाकको प्रहरी टोलीले चेकजाँचको क्रममा इन्द्रेशले आफ्नो बाँया साईडको कम्मरमा पेन्टको वेल्टभित्र लुकाएर राखेको अवस्थामा सो हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उक्त पेस्तोल सम्बन्धाम सोधपुछ गर्दा दुवैजनाको संलग्नतामा बोकेर हिडेको भनी बताएकोमा उक्त पेस्तोल बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिईएको उनले बताए ।
पक्राउ परेका दुवैजनामाथि हातहतियार खरखजाना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


