जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधामको भानुचोकबाट सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो । झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएका थिए ।