जनकपुरधाम, २७ चैत । जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारीहरुले नगर प्रमुख लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन् ।

नगर प्रमुख साहले आफूहरुलाई दुई महिना काममा लगाएर पुनः हटाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

उपमहानगरका सरसफाइ कर्मचारीहरुले आज मेयर साहको जनकपुरधाम–४ स्थित निवास अगाडी धर्ना दिएका छन् ।

सफाइ कर्मचारीहरुले आफूसँग नगर प्रमुख साहले अन्याय गरेको आरोप लगाउँदै साहविरुद्ध नारावाजीसमेत गरेका थिए ।

उनीहरुको नारावाजीका कारण मेयर साह घण्टौंसम्म आफ्नो निवासबाट निस्कन सकेका थिएनन् ।

जनकपुरधाममा फोहोरको अत्याधिक समस्या रहेको र सडकहरु समयमा सफाइ नभएपछि उपमहानगरका पदाधिकारीहरुको आलोचना हुँदै आएको छ । तथापि उपमहानगरले नगरको सरसफाइमा ध्यान नदिएको स्थानीयको आरोप छ ।