जनकपुरधाम, २६ चैत । सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयद्वारा शनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ ।

रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।