प्रादेशिक अस्पताल जनकपुर आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुग्यो : सांसद यादव

जनकपुरधाम, २० चैत । मधेस प्रदेशकी प्रदेश सभा सदस्य मञ्जु यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाज प्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
आइतवार बसेको प्रदेश सभा बैठकमा बोल्दै नेकपा एकिकृत समाजवादी पार्टीकी सांसद यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा सामान्य सुविधाहरु समेत नभेटिरहेको भन्दै गुनासो पोखेकी हुन् ।
यादवले भनिन्, ‘म अस्ति मात्र आमालाई लिएर प्रादेशिक अस्पतालमा कान जाँच गराउन गएको थिएँ । डाक्टरले कान जाँचिदिनुभो बाँकी जाँच बाहिर गराउनु पर्ने बाध्यता भयो ।’
धनुषा, महोत्तरी, सिरहा, सर्लाहीका नागरिकहरुका लागि सेवा दिने अस्पताल प्रादेशिक अस्पताल रहेकोमा आगामी दिनमा यसले दिने सेवा संकटमा देखिएको. उनले बताईन् । सांसद यादवले संसदबाट पारित गरेको प्रतिष्ठान प्रयोगमा गएपछि अहिले कमजोरीहरु देखिएको उनले टिप्पणी गरिन् ।
‘हामी यो भनेका छैनौ प्रतिष्ठान निष्क्रीय भएर बसोस्, आफ्नो गतिविधि नगरोस् । मधेस प्रदेशको हरेक अस्पताल जस्तै चुरोट फ्याक्ट्रि बोर्डमात्रा हामी अहिले हेर्छौ, जहाँ हामी बसिरहेका छौँ त्यस्तो नहोस्’, उनले भनिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


