लेनदेन मुद्दामा यादवलाई एक वर्ष कैद, सिन्धुली कारागार चलान

जनकपुरधाम, १७ चैत । जनता समाजवादी पार्टी नेपाल धनुषाका स्थानीय यूवा नेता नविनकुमार यादवलाई सिन्धुली कारागार पठाइएको छ ।
यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।
एक वर्ष कैद वा ५ लाख रुपैयाँ विगो सहितको माग गर्दै लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव केही दिनअघि पक्राउ परेका थिए ।
विगो सहितको रकम नतिरेपछि यादवलाई अदालतले एक वर्षका लागि जेलचलान गर्ने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफेमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जनकपुरधामको शिवचोकस्थित जेएफसि क्याफेमा २०७७ साउन १० गते राति खाजा खाने क्रममा दुई महिलालाई यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


