जनकपुरको नमूनाबस्तीस्थित एक घरमा आगलागी, एक बालक घाइते

जनकपुरधाम, १६ चैत । जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चोकस्थित नमूनाबस्तीको एक घरमा आगलागी भएको छ ।
स्थानीय अवधकिशोर यादवको घरमा बुधबार साँझ आगलागी भएको हो ।
आगलागीमा परी एक बालकसमेत घाइते भएका छन् । बालकको नाम खुल्न सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले आगो पूर्ण नियन्त्रणमा आएको बताए । उनका अनुसार घाइते बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
आगलागीको बेला घरमा खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट भएको उनले जानकारी दिए ।
आगलागीमा परी मुजेलियास्थित सडक डिभिजनमा कार्यरत एकजना सबइन्जिनियरको सरकारी नम्बरप्लेटको मोटरसाइकल जलेको छ भने घरमा भएका सम्पूर्ण सामानहरुसमेत जलेको छ ।
आगलागी के कसरी कारणले भयो भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


