जयनगर–जनकपुरधाम–कुर्था रेलको शनिबार उद्घाटन हुँदै

जनकपुरधाम, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार संयुक्त रुपमा जयनगर–कुर्था–जनकपुरधाम रेल्वे सेवाको उद्घाटन गर्न लागेका छन् ।
शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल रुपमा जयनगर–कुर्था–जनकपुरधाम रेल सेवाको उद्घाटन गर्न लागेका हुन् ।
चैत १८ गते भारत भ्रमणमा गइरहेका प्रधानमन्त्री देउवा भ्रमणकै कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।
दुबै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल्ली उद्घाटन गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकिरहेको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अध्यादेश जारी गरेपछि रेल चल्न लागेको जानकारी दिए ।
महाप्रबन्धक झाले भने,‘प्राविधिक रूपमा सबै तयारी पूरा भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उद्घाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर रेल चल्ने छ ।’
जनकपुरधाम–जनगर रेल फागुन १ गत्तेदेखि दिनमा एकपटक यात्रु बिना नै जयनगरबाट कुर्थासम्म आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने मिति निर्धारण नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर रेल चल्दै आएको छ ।
रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो ।
देउवा आफ्नो भारत भ्रमणका क्रममा धार्मिक नगरी वाराणसीसमेत पुग्ने भएका छन् ।
भारतीय समाचार संस्था एएनआईले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । प्रधानमन्त्री देउवा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । देउवा चैत २० गतेसम्म भारतमा रहनेछन् ।
०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगी करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


