सुनसरी, १५ चैत । सुनसरीको इटहरीमा विष्फोटक पदार्थ पड्किँदा दुईजना घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलको एक घरमा सुतली बम पड्किँदा दुईजना घाइते भएका हुन् । घटना सोमबार राति पौने ११ बजेतिर भएको हो ।

रविन थापा बस्दै आएको कोठामा विष्फोट हुँदा उनीसहित दुई युवा घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै, लमजुङ घर भएका २३ वर्षीय शेरजङ गुरुङ पनि घाइते भएका छन् । गुरुङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए । घाइते थापाको आँखामा चोट लागेको छ ।

उनको विराटनगरस्थित आँखा अस्पतालमा र गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।

बम विष्फोट भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषदको पर्चा बरामद गरेको छ ।