धनुषाबाट अवैध भन्सार चोरी निकासीका सामानसहित ८ भारतीय पक्राउ

जनकपुरधाम, १२ चैत । धनुषा प्रहरीले अवैध भन्सार चोरी निकासीका सामानसहित ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेशस्थित मेरड ग्राम पञ्चायत वडा नम्बर–३ वस्ने २५ वर्षीय सेफ अली, सोही ठाउँ बस्ने २२ वर्षीय अली हैदर, मोहमम्द नबेद, २४ वर्षीय रियास अवास, २३ वर्षीय नजफ अवास, २० वर्षीय कासिम अवास, २० वर्षीय मोरम अली र २४ वर्षीय जुवेद अन्सारी रहेका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१ स्थित मनकामना होटल ऐण्ड गेष्ट हाउसमा केही मानिसहरूले भारतबाट भन्सार छली गरेर लत्ताकपडा ल्याई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
गेष्ट हाउसको कोठाहरू खानतलासी गर्दा उनीहरूले लुकाई छिपाई राखेको अन्दाजी ११ लाख १ हजार बराबरको विभिन्न प्रकारका लत्ताकपडाहरू बरामद गरिएको डीएसपी बस्नेतले बताए ।
पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा पठाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


