मेयर बरबरियाको बदमासी : आफू निकटका शिक्षकलाई तलव, अन्यलाई बन्देज

जनकपुरधाम, ९ चैत । धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु निकटका शिक्षकलाई तलब दिएर अन्य शिक्षकहरुलाई वञ्चित गरेको आरोप लगाइएको छ ।
मेयर बरबरियाले ििवद्यालय कर्मचारीलाई स्थानीय सरकारले थप्नुपर्ने तलब पटक पटक आग्रह गर्दा पनि नदिएको भन्दै शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको गुनासो छ । गत ६ असोज र ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि मेयर बरबरियाले ध्यान नदिएपछि उनीहरुले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।
गत साउन महिनादेखि नै आफूहरुले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले बताइन् ।
पारित भइसकेको बजेट पनि मेयर बरबरियाले दिन आलटाल गरेकाले आफूहरुलाई आन्दोलनमा उत्रनुपरेको उनले बताइन् । बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनीहरुले चेतावनी दिएका छन् ।
संघीय सरकारले विद्यालय कर्मचारीको १३ हजार ५ सय, बालविकास सहजकर्ताको ८ हजार र कार्यालय सहयोगीलाई ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन अध्यादेशबाट बजेट पारित गरेको थियो ।
यसअघि मेयर बरबरियाले नगरभित्र अनगुमन गरेको नाममा पनि लाखौं रकम झवाम पारेका थिए । भ्रमण खर्च नियमावली, २०६४ अनसुार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम उपलब्ध गराउन मिल्ने व्यवस्था रहे पनि नगरभित्र अनगुमन गरेको भन्दै मेयर बरबरियाले दैनिक भ्रमण भत्ताबापत ४ लाख ६९ हजार ९ सय रुपैयाँ अनावश्यक रुपमा खर्चेका थिए ।
यसबाहेक अन्य दर्जनौँ अनावश्यक शीर्षकमा मेयर बरबरियाले करोडौँ रुपैयाँ मनोमानी खर्च गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


