करिव १० किलो अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ

जनकपुरधाम, ३ चैत । धनुषा प्रहरीले करिव १० किलो अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय यदुकुहाबाट गस्तिमा खटेको प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर–३ स्थित यदुकूहा–जनकपुर पक्की सडक खण्डबाट यादवलाई पक्राउ गरेको हो ।
यादवमाथि शंका लागि उनको शरीर खानतलासी गर्दा हाप पाईन्टको बायाँ साईडको खल्तीबाट नगद १ हजारको दरले नोट ३१ थान र ५ सयको दरले नोट २ थान गरी ३२ हजार र दाहिने साईडको खल्तीवाट मोवाईल १ थान तथा मोटरसाईकलको पछाडीपट्टी रबरले बाँधेर राखेको बोराभित्र लुकाई छिपाई गरी राखिएको अवस्थामा ९ किलो ७०० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका यादवलाई नियनत्रणमा लिई लागूऔषध मुद्दा शिर्षकमा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


