संसद भवन अगाडि बम राखेको अभियोगमा विप्लवका एक कार्यकर्ता पक्राउ

काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
काभ्रे बस्ने महतलाई महाशाखाको टोलीले राजधानीबाट पक्राउ गरेको हो ।
एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि बम राखिएको थियो ।
प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


