जनकपुरधाम, १७ फागुन । आज महाशिवरात्रि पर्वको अवसरमा जनकपुरधामका शिवालयहरुमा बिहानैदेखि श्रद्धालुभक्तजनहरुको .भीड लागेको छ ।

शिव मन्दिरहरुमा पूजापाठका लागि विभिन्न शिवालयहरुमा भक्तजनको भीड लागेको हो ।

मंगलवार बिहानैदेखि जनकपुरधामको प्रसिद्ध भुतनाथ, शिवचौकस्थित शिव मन्दिर, कपिलेश्वर महादेव, कुपेश्वर महादेवको शिवलिङ्गमा पूजापाठका लागि जनकपुरधाम र यसको छेउछाउका श्रद्धालुहरु पूजाआजा गर्न आएका हुन् ।